18/01/2078
पायोनियर एसियन कंक्रिटले नेपाल गुणस्तर (एनएस) चिह्न पाएको छ । निर्माणजन्य सामग्री उत्पादनमा गर्ने उद्योगमध्ये एनएस पाउने यो पहिलो कम्पनी भएको छ । नेपाली उत्पादन पनि विश्वस्तरीय हुनुपर्छ भनेर विभागलाई बारम्बार यसको मापदण्ड बनाउन अनुरोध गरेको उद्योगका अध्यक्ष मनीष रुङ्गाटाले जानकारी गराएका छन् । अब सरकारले बनाएको मापदण्ड उनीहरूले गर्ने कार्यमा अनिवार्य लागू गर्ने उनले बताए । जर्मनीबाट मेसिनसहित प्रविधि ल्याएर बनाइएका सामग्री अन्य उद्योगको भन्दा कैयौँ गुणा बलियो र टिकाउ हुने कम्पनीले दाबी गरेको छ । पायोनियर उद्योगले इँटासहित २३ वटा अन्य विभिन्न प्रडक्ट बनाउँछ । त्यसको पनि कच्चा पदार्थ एउटै हो । सडक विभाग तथा भवन विभागले बनाउने संरचनाका लागि बोलपत्र आह्वान गर्दा एनएस लिएका उद्योगको मात्रै सामग्री लिनुपर्ने व्यवस्था गर्दा गुणस्तरीय निर्माणमा सहयोग पुग्ने सरोकारवालाले बताएका छन् ।
ORIGINAL ARTICLE (SHILA PATRA)