प्रिकास्ट कंक्रिटको प्रयोग पाँचतारे होटलदेखि फुटपाथसम्म, नेपालमै पर्याप्त उत्पादन

19/09/2077

नेपालमै पर्याप्त उत्पादन भइरहेको प्रिकास्ट कंक्रिटको पाँचतारे होटलदेखि फुटपाथ र डिभाइडरसम्ममा प्रयोग भइरहेको छ। तीन वर्षदेखि नेपालमा उद्योगका रूपमा उत्पादन हुँदै आएको यो क्रंकिटमा आत्मनिर्भर समेत भइसकेको एशियन कंक्रिटोका निर्देशक अनिल जेटियाले बताए। नेपालका प्रिकास्ट कंक्रिट उद्योगले युरोप, अमेरिकाका जस्तै गुणस्तरीय इन्टरलक पेभर्स, कर्बस्ट्रोन, कंक्रिट टायल, होलो ब्लक, ब्रिक, ग्रास पेभर्स, ड्रेनलगायतका सामग्री उत्पादन गर्दै आइरहेको जेटिया बताउँछन्। जेटियाले भने, ‘‘पर्याप्त मात्रामा बजारीकरण नहुँदा उत्पादनले राम्रो बजार भने पाइरहेका छैन।’’ नेपाल गुणस्तर परिषद्को २६ कात्तिक २०७७ को बैठकले प्रिकास्ट कंक्रिट ब्लक (पेभर), प्रिकास्ट कंक्रिट कर्ब, एज (किनारा) गटर लगायतको मापदण्ड तोकेको छ। केही सीमित कम्पनीले मात्रै गुणस्तरीय कंक्रिटका ब्लक लगायतका निर्माण सामग्री उत्पादन गरिरहेको अवस्थामा नेपाल आफैंले मापदण्ड बनाउनुलाई सकारात्मक रूपमा लिइएको छ। ‘‘मापदण्ड बनेसँगै अब ग्राहकले गुणस्तरीय प्रिकास्ट कंक्रिटको निर्माण सामग्री पाउने वातावरण बनेको निर्देशक जाटियाले बताउँछन्। नेपालमा उत्पादन भएका प्रिकास्ट कंक्रिटका सामग्रीहरू पाँचतारे होटेल, रिसोर्ट, सडक, विमानस्थल, फुटपाथ, डिभाइडर (मिडियन) तथा भूँइलगायतका सजावटको लागि प्रयोग हुँदै आइरहेका छन्। निर्देशक जाटियाले स्वदेशी कच्चा पदार्थबाट प्रिकास्टका सामग्रीहरु निर्माण गरिरहेको बताए। यसको मुख्य कच्चा पदार्थ भनेको सिमेन्ट, गिटी, बालुवा र रोडा हो। यी सबै सामग्री नेपालमै उपलब्ध छन्। एशियन कंक्रिटको सेल्स एण्ड मार्केटिङ उपाध्यक्ष श्यामल झाले राष्ट्रिय गौरवका आयोजनामा समेत कंक्रिटका  कर्बस्टोन, पेभर, टायललगायतका निर्माण सामग्रीको माग बढ्दै आइरहेको बताए।
ORIGINAL ARTICLE (HIMAL KHABAR)