15/11/2077
सुन्दर शहर निर्माणमा एशियन कंक्रिटो रोजाईमा पर्न थालेको छ । विदेशकै झल्को दिने गरी फुटपाथ बनाउने कामले गती लिन थालेको छ । सौराहामा भएको प्राविधिक कार्यशालामा बोल्दै एशियन कंक्रिटोका उपाध्यक्ष श्यामल झाले विस्तारै अपाङमैत्री–वातावरणमैत्री आकर्षक फुटपाथ बनाउने क्रम बढेको बताउनुभयो । “सडक बनाउँदा बटुवाका लागि सोचेको कमै देखिन्थ्यो”, उहाँले भन्नुभयो, “कैयन स्थानीय तहले लक्जरी फुटपाथ निर्माणमा ध्यान दिन थालेका छन् ।” उहाँका अनुसार एशियन कंक्रिटोनै प्रयोग गरेर पोखरा महानगरमा ४ किमि, काठ्माण्डौको अनामनगर–हनुमानथान–भाटभटेनीसम्मको १४ सय मिटर, ललितपुर महानगरमा हरिहरभवन चोकदेखि कुपण्डोलसम्म २२५ मिटर फुटपाथ, भरतपुर महानगरमा करिब ५ किमि बनेका फुटपाथले धेरैलाई लोभ्याएको छ । ललितपुरको एकान्तकुनामा ५ मिटर चौडाईको करिब साढे ४ सय मिटर आकर्षक सडक बनाइएको छ । सडकको स्टिमेट गरेजस्तै फुटपाथको पनि स्टिमेट गरेर गुणस्तरीय फुटपाथ बनाउन तीनै तहकाले चासो दिएमा सडकको स्वरुपनै बदलिने बताउनुभयो । “विगतमा फुटपाथ घाँस उमार्ने थलो जस्तो थियो”, झाले भन्नुभयो, “फुटपाथ हिड्दा पनि भुईहेर्दै हिड्नुपर्ने अवस्था थियो, विस्तारै ढुक्कले रमाउँदै फुटपाथमा हिड्ने वातावरण बन्दैछ ।” विगतमा फुटपाथ निर्माण गर्दा माटोमाथि कंक्रिट बिछ्याउने गरिएपनि आजभोलि बेसनै तयार गरी कार्पेट, गलैचा बिछ्याएजस्तो गरी आकर्षक फुटपाथ बनाउने कामलाई तीव्र पारिएको छ । ३ वर्ष पहिले स्थापना भएको एशियन कंक्रिटो विगत २ वर्षदेखि बजारमा छ । एशियन कंक्रिटोले उत्पादन क्षमताको करिब ३५ प्रतिशतमात्रै खपत भएको जनाएको छ । एशियन कंक्रिटोका निर्देशक अनिल जटियाले खपत भएका उत्पादनमध्ये ७० प्रतिशत सरकारकै विकास निर्माणमा खपत भएको बताउनुभयो । उहाँका अनुसार सडक, अस्पताल, होटल तथा रिर्सोट लगायतका ठाउँमा एशियन कंक्रिटोका उत्पादन खपत बढेको छ । भैरहवा–परासी औद्योगिक करिडोर अन्तर्गत रामग्राम नगरपालिकाको हकुईमा रहेको जर्मन प्लाण्टबाटमा अत्याधुनिक प्रविधि प्रयोग गरेर उत्पादन भैरहेको छ । इटा, कंक्रिट ब्लक, होलो ब्लक, कंक्रिट स्ल्याव, टाइल्स, पेवर्स, कर्वस्टोन, रंगिन स्ल्याब जस्ता निर्माण सामाग्री उत्पादन हुने गर्छन् । फुटपाथमा प्रयोग गर्ने एक दर्जन डिजाइनका निर्माण सामाग्रीहरु छन् । १५० मेट्रिक टन प्रेसर दिएर ७० हर्जको भाइब्रेसनको कम्निेसनबाट तयार हुने निर्माण सामाग्री धेरै वर्ष टिकाउ हुने बताउनुभयो । “एक दिनमै १० किमि सडक बनाउन सक्ने गरी उत्पादन भैरहेको छ”, उपाध्यक्ष झाले भन्नुभयो, “गुणस्तर र आकर्षक सामाग्री भएकैले माग बढ्दो छ ।” एशियन कंक्रिटोको नारायणगढ, काठ्माण्डौ, पोखरा, बुटवल, नेपालगञ्ज, दाङ लगायतका १० मुख्य शहरमा आधिकारिक विक्रेताहरु छन् । गतवर्ष ३६ हजार मेट्रिक टन बेचेकोमा यो वर्ष ७० हजार मेट्रिक टन बेच्ने लक्ष्य छ । ओम सञ्जिवनी कंक्रिटो चितवनका प्रवन्ध निर्देशक निरञ्जन न्यौपानेले भरतपुर, गैडाकोटका धेरै ठाउँमा ंकंक्रिटोका सामाग्री प्रयोगमा आएको बताउनुभयो । उहाँका अनुसार पटिहानिको अम्व्रेला स्ट्रिट, लंकुको जेम्स फनपार्क, भरतपुर अस्पताल, भरतपुर औधोगिक प्रदर्शनी स्थलको परिसर, क्षेत्रपुरको तरकारी मण्डी, गैंडाकोटको कृषि हाट बजार, निजी घरहरुमा प्रयोग भएको छ । ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले वर्षेनी मर्मतसम्भार गर्नुपर्ने बाध्यताबाट छुटकारा दिने भएकाले एशियन कंक्रिटो उपयोगी भएको बताउनुभयो । “छोटो समयमै ब्लक खुस्किने, पानी लिकेज हुने, खिइने जस्ता समस्याले फुटपाथ कुरुप हुन्थे”, उहाँले भन्नुभयो, “अहिले विदेशका शहरको जस्तो मनै लोभ्याउने फुटपाथहरु देखिन थालेका छन् ।”
ORIGINAL ARTICLE (KALIKA NEWS)